काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समिति बैठक मङ्गलवार बिहान ९ः०० बजेका लागि बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिनुभयो।
सरकारमा पठाउने मन्त्री र उपनिर्वाचनमा उठाउने उम्मेदवार टुङ्गो लगाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइको बुझिएको छ ।
कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरू बैठकमा सहभागी हुनेछन् ।
यसअघि शनिवार पार्टी सभापति शेरबहादुर देउवाको निवास (धुम्बाराही)मा बसेको पदाधिकारी बैठकमा उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा काँग्रेस सरकारमा जाने सैद्धान्तिक सहमति भएको थियो ।
प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार ८ : ३३ बजे
प्रतिक्रिया