सडक यातायात क्रमशः सहजतातर्फ

एमालेको सचिवालय बैठक सुरु

नेपाली सेना र अमेरिकन सेनाको संयुक्त बैठक आजबाट

काठमाडौँ । नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाको संयुक्त बैठक आजबाट सुरु हुने भएको छ ।

हरेक वर्ष हुँदै आएको सो संयुक्त बैठक यो पटक चैत १३ गतेदेखि १५ गतेसम्म काठमाडौँमा ‘बाइल्याटरल ल्यान्ड फोर्सेस टक’ हुन लागेको हो । यसअघि सो बैठक अमेरिकाको हवाईमा सम्पन्न भएको थियो । 

नेपाली सेनाका अनुसार यस पटकको छलफल शान्ति सेना, मानवीय सहायता र विपद् प्रतिक्रिया, तालिम र विज्ञता आदानप्रदान गरी चार विषयमा केन्द्रित रहनेछ । 

नेपाली टोलीको नेतृत्व उपरथी अशोकराज सिग्देलले गर्दै हुनुहुन्छ भने अमेरिकी सेनाको नेतृत्व प्यासिफिक कमान्डको डेपुटी कमान्डर मेजर जनरल क्रिस्टोफर स्मिथले गर्नुहुनेछ । जसको कमान्डमा २२ सदस्यीय टोली सहभागी हुनेछन्  ।

सन् २०१८ देखि हरेक वर्ष नियमित रूपमा आयोजना हुँदै आएको छ ।

 

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ७ : ०७ बजे