१६ जना नयाँ कोरोना संक्रमित थपिए

काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा पछिल्ला दिनहरूमा कोरोना संक्रमण बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७९ जनाको नमुना परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो । 

कुनै बेला सक्रिय संक्रमित शून्यमा झरेको नेपालमा आइतबार सक्रिय संक्रमितको संख्या ४२ पुगेको छ । पछिल्लो २४ घण्टामा निको भएर २ जना संक्रमित डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनाबाट १२०२० जनाको मृत्यु भएको छ । 

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ५ : ०० बजे