राष्ट्रपति भवनमा घटस्थापना

भागबन्डा मिलाउन १० दलीय सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक बस्दै

काठमाडौँ । १० दलीय सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक आज बस्दै छ।

आज दिउँसो बस्ने बैठकले मन्त्रालय बाँडफाँड र सरकारमा जाने दलहरूको टुङ्गो लगाउने बताइएको छ ।

सरकारलाई विश्वासको मत दिएका सबै दललाई समेट्ने र गृह तथा अर्थ लगायतका महत्त्वपूर्ण मन्त्रालयमा कसरी भाग मिलाउने भन्ने सहमति नहुँदा अझैसम्म पनि मन्त्रिपरिषद् बिस्तार हुन सकेको छैन । 

शनिवार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले सोमबार सम्ममा  गठबन्धन दलसँग छलफल गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको थियो।

 

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  १० : १५ बजे