गोरखा । प्रसिद्ध धार्मिक स्थल गोरखकाली र गोरखनाथ दर्शन गर्न राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा जानुहुने भएको छ ।
आज बिहान १०ः०० बजे नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रपति पौडेल आज गोरखा जान लाग्नुभएको हो ।
मन्दिरमा पूजा अर्चना र दर्शनका लागि उहाँ आज त्यसतर्फ जान लाग्नुभएको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ ।
उहाँ करिब दुई घण्टा गोरखामा रहेर फर्कने कार्यक्रम तय भएको छ । राष्ट्रपति आउने भएपछि सुरक्षा व्यवस्थाका लागि सेनाको एक टोली शुक्रवार नै गोरखा पुगिसकेको छ ।
प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार ८ : ४८ बजे
प्रतिक्रिया