माफ गर्नुस् शेर बहादुर दाइ मास्टर्स गर्ने सपना पुरा भएन !

मर्ने कसैलाई रहर हुँदैन, 

मी सिङ्गो जिल्लाको बिग्रँदो पत्रकारिताको छवि बारे पनि सुधारका पक्षमा चिन्तन मनन गथ्यौं ।   तपाई केही वर्ष देखि बिरामी हुनुहुन्थ्यो, तपाईँलाई परिवारका तर्फबाट र हामी साथीभाइको तर्फबाट पनि बचाउन अनेकौँ प्रयास त नभएको हैन तर कालले लगेरै छोड्यो ।
            लेखक 

तर नमरेको प्रहर हुँदैन,

भागेर जाऊँ ,कुन ठाउँ जाऊँ !

मान्छे नमर्ने शहर हुँदैन ।

             यो मन छुने गीतको हरफसँगै म भर्खरै  मृत्यु भएका दोलखाका पत्रकार शेर बहादुर भुजेलसँगको मिठा अतीत सम्झन मन लाग्यो । दोलखाको पत्रकारितामा जमेका एक हस्ति दोलखाको सामाजिक आन्दोलनमा पनि जोडिएका एक अभियन्ता प्रिय दाइ साथी शेर बहादुर भुजेलको मृत्युले सिङ्गो परिवार र समाजसँगै दोलखाको पत्रकारिता शोकमा डुबेको छ ।  २०४३ साल वैशाख ११ गते दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ पवटी सिम्टेमा तल्लोबर्गको  परिवार हुर्केका भुजेलका जिन्दगीका कठिन यात्राहरू चानेचुने थिएन । कुनै बेला पत्रकारिता गर्छु भन्दै गाउँबाट सहर छिर्दा जुन सपना बोकेर प्रवेश गरेका थियौ सबै सपना त पुरा भएन होला तर समाजमा थुप्रै उदाहरणीय कार्य गरेर नै बिदा भएका छौ प्रिय दाइ शेर ! 

 दाइ ! हुन त सबै मान्छेको सबै सपनाहरू पुरा त हुँदैनन् तर तपाई जुन बाटोमा हुनहुन्थ्यो त्यो बाटो सरल र सहज त थिएन तपाई खास गरी असल शासन, दिगो विकास, सुशासनका क्षेत्रमा तपाईँले खेल्नु भएको भूमिका अत्यन्तै अविस्मरणीय छ  यी कठिन बाटोमा पनि तपाईँले जुन ढङ्गबाट दोलखाको पत्रकारितालाई फरक ढङ्गले उभ्याउनु भएको थियो त्यो जीवनको अत्यन्तै महत्त्वपूर्ण सम्पत्ति थियो । 

यहाँ पत्रकारितामा विभिन्न खाले धन्दाहरू चल्ने गरेको हामीले देख्न र हेर्न पाइन्छ तर तपाई पत्रकारितामा जोडिएर पनि पत्रकारिताको नामबाट कुनै किसिमको फाइदा नउठाउने पत्रकारको छवि आफैमा एउटा महत्त्वपूर्ण उपलब्धि हो भन्ने लाग्छ । दोलखाको पत्रकारिताको आन्दोलनमा तपाईँसँग हामीले थुप्रै खाले सहकार्य गरेका थियौँ । तपाई पत्रकार महासङ्घको नेतृत्व तहमा हुँदा होस वा साधारण सदस्य हुँदा होस तपाईँको सादगी जीवन हामीले सधैँ सम्झी नै पर्ने खालको थियो । पत्रकारितामा जोडिएर जीविका नचल्दाको पिडा पनि तपाई हामी एक आपसमा सेयर गरेर दुखका थुप्रै पाटाहरू एकआपसमा केलाउने गर्थाैं । हामी सिङ्गो जिल्लाको बिग्रँदो पत्रकारिताको छवि बारे पनि सुधारका पक्षमा चिन्तन मनन गथ्यौं ।   तपाई केही वर्ष देखि बिरामी हुनुहुन्थ्यो, तपाईँलाई परिवारका तर्फबाट र हामी साथीभाइको तर्फबाट पनि बचाउन अनेकौँ प्रयास त नभएको हैन तर कालले लगेरै छोड्यो ।

शेर बहादुर दाइ स्थानीय हुराडेक संस्थामा जागिर खान गए पनि उहाँले संस्थाका थुप्रै बुलेटिन र स्थानीय रेडियो कालिन्चोक एफ एम , ईदैनिकखबर अनलाइनमा पनि समाचार सम्पादनको कार्य गरिरहनु हुन्थ्यो भने असल शासन समन्वय समिति,चरिकोट मिडिया फाउण्डेसन, आदिवासी जनजाति पत्रकार महासङ्घ जस्ता आधा दर्जन भन्दा बढी संस्थामा उहाँको दरिलो उपस्थिति रहेको थियो । भुजेल सहकारी आन्दोलनमा समेत सहभागी हुनहुन्थ्यो । विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील रहँदा पनि  तपाईँले पत्रकारितामा देखाएको जाँगर पनि लोभलाग्दो थियो  । पत्रकारिता पेसामा सबै मान्छे पुरै समय पत्रकारितामा उभिन नसक्ने रहेछन् र 

अहिले दोलखाको पत्रकारिता यस्तो अल्छीपनाको चपेटामा छ जहाँ पत्रकारले जाँगर लगाएको पनि पाइँदैन र जाँगर पनि लगाउने अवस्था छैन, पत्रकार लेखेर बाँच्न सक्ने अवस्थामा छैनन्, त्यसैले म पनि सामाजिक संस्थामा जागिर खाँदै छु । 

तपाई भन्नुहुन्थ्यो, तिमि हामी अल्छी भयौँ दोलखाको पत्रकारिता कुनै बेला यस्तो समय थियो यहाँको पत्रकारिताको प्रभाव र उपस्थितिले राष्ट्रियस्तरमा दोलखाको समाचारले केही म्यासेज दिइरहेको हुन्थ्यो । अहिले दोलखाको पत्रकारिता यस्तो अल्छीपनाको चपेटामा छ जहाँ पत्रकारले जाँगर लगाएको पनि पाइँदैन र जाँगर पनि लगाउने अवस्था छैन, पत्रकार लेखेर बाँच्न सक्ने अवस्थामा छैनन्, त्यसैले म पनि सामाजिक संस्थामा जागिर खाँदै छु । 

जीविकाकै लागि पनि अन्य पेसा अँगाल्न बाध्य हुनुपर्ने अवस्था आउँदो रहेछ सायद सोही कारण होला मान्छेहरू पत्रकारितामा आउँछन्, जान्छन् ।

मृत्युको खबर सुन्नु तिन दिन अगाडि चरिकोटको एक कफी हाउसमा  शेर बहादुर दाइ  भन्दै हुनहुन्थ्यो म पनि पत्रकारितामा मास्टर्स गर्छु तँलै मास्टर्स गरिस् भाइ, अब म गर्ने हो तँ पढ्ने कलेजमा शुल्कबारेमा छलफल गरिदे  डिस्काउन्ट मागिदे भन्दा मैले हुन्छ भनेको थिएँ ! सेफर्ड कलेज बानेश्वरमा क्याम्पस चिफ कविता शर्मासँग शेरबहादुर दाइ पढ्ने बारे पनि फोन संवाद भएको थियो । कविता मेडमले समेत शेर बहादुर दाइँसँग पढ्न आउन अनुरोध गर्नु भएको कुरा  मेडमले मलाई भर्खरै सुनाई रहनु भएको थियो । प्रिय दाइ शेर बहादुर मलाई पढ्नु पर्छ भन्ने प्रेरणा त दिई रहनु हुन्थ्यो तर तपाईँको पत्रकारितामा मास्टर्स गर्ने सपना पुरा भएन अझ तपाई त मलाईसँगै पढ्नु पर्छ एकै पटक मास्टर्स गर्ने हो भन्दै हुनहुन्थ्यो ।

 माफ गर्नुस् शेर दाइ तपाईँसँग सँगै पढ्न त सकिएन तर तपाईँसँगका थुपै अनगिन्ती सहकार्यका सपनाहरू पनि पुरा गर्ने कोसिस गर्नेछौँ । दोलखाको पत्रकारिताका थुप्रै आन्दोलनहरूमा तपाईँलाई सम्झने छौँ । हार्दिक श्रद्धासुमन ! प्रिय दाइ यहाँको वैकुण्ठमा बास होस !

 

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ६ : २२ बजे