दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

नेपाली महिला राष्ट्रिय फुटबल टोलीको फिफा बरीयतामा सुधार

काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीको फिफा बरीयतामा सुधार भएको छ । 

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रवार जारी गरेको बरीयतामा नेपाली टोलीले तीन स्थान सुधार गरेको हो ।

यसअघिको वरियतामा १ सय तीन स्थानमा रहेको नेपाल त्यसमा तीन अङ्क सुधार गर्दै सयौँ स्थानमा आइपुगेको छ । गत महिना नेपाल र भारतबीच दुई मैत्रीपूर्ण खेलपछि भएको फिफा बरीयतामा नेपालको सुधार गर्न सफल भएको हो । 

नेपाल र भारतबीच गत फागुन ३ गते पहिलो मैत्रीपूर्ण खेलमा २–२ र दोस्रो खेल गोलरहित बराबरीमा टुङ्गिएका कारण बरीयतामा सुधार ल्याउन सफल भएको हो । 

ओलम्पिक छनोटको तयारीका क्रममा प्रशिक्षण रहेको नेपाली टोलीलाई यस बरीयतामा सुधारले उत्साह थपिदिएको छ ।  

महिला फुटबलमा छिमेकी भारत भने नेपाल भन्दा ३९ अङ्क अगाडी अर्थात् यसअघि कै यथास्थान ६१ औँ स्थानमा छ भने दक्षिण एसियाका अन्य देश भने नेपाल भन्दा पछाडि परेका छन् । जसअनुसार बङ्गलादेश १ सय ४० औँ, श्रीलङ्का १ सय ५५ औँ, माल्दिभ्स १ सय ५९ औँ, पाकिस्तान १ सय ६१ औँ र भुटान १ सय ७८ औँ स्थानमा छन् । 

महिला फिफा वरियतामा अमेरिका शीर्षस्थानमा रहँदा जर्मनी दोस्रो, स्विडेन तेस्रो, इङ्गल्यान्ड चौथो र फ्रान्स पाँचौँ स्थानमा छ । 

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ७ : ५८ बजे