दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

बैतडीमा यु–१६ क्रिकेट छनोट प्रतियोगिता आजदेखि सुरु हुँदै

बैतडी । बैतडीमा १६ वर्षमुनिको क्रिकेट छनोट प्रतियोगिता आजदेखि सुरु हुँदै छ ।

यहाँका पालिकाबाट छनोट भएर आएका खेलाडीबाट टोली बनाएर प्रतिस्पर्धा गराउन लागिएको हो । 

बैतडी जिल्ला क्रिकेट सङ्घका सचिव सिद्धराज बोगटीका अनुसार छनोट प्रतियोगितामा सहभागी गराउन सबै पालिकालाई जिल्ला क्रिकेट सङ्घले पत्राचार गरेको छ । 

सहभागी हुने खेलाडीले अनिवार्य रूपमा उमेर खुल्ने कागजपत्र पेस गर्नुपर्नेछ । छनोट प्रतियोगिता देहिमाडौँस्थित निङ्ग्लाशैनी खेल मैदानमा सञ्चालन हुनेछ । 

प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका आधारमा जिल्ला टोली छनोट गर्ने प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले बताउनुभयो । छनोट भएको टोलीले प्रदेशस्तरीय छनोट प्रतियोगिता खेल्नेछ ।  

नेपाल क्रिकेट सङ्घ (क्यान)ले मलेसियामा हुने १६ वर्षमुनिको क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै जिल्ला छनोट यही चैत १५ भित्र गरिसक्न निर्देशन दिएको थियो । 

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  १० : ०५ बजे