राष्ट्रपति भवनमा घटस्थापना

बाग्मती प्रदेशका मुख्यमन्त्री जम्मरकट्टेलले आज पुनः विश्वासको मत लिँदै

हेटौँडा  । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले आज विश्वासको मत लिनुहुने भएको छ ।

बुधवार विश्वासको मत लिनका लागि बैठक बोलाइएको भए पनि नेपाली काँग्रेसका सांसद अनुपस्थित हुने भएपछि स्थगित भएको बैठक आजका लागि बोलाइएको छ । बैठक अपराह्न १ः०० बजे बस्नेछ । 

नेकपा एमाले सहितको समर्थनमा मुख्यमन्त्री बन्नुभएका जम्मरकट्टेलले सङ्घीय सरकारमा गठबन्धन फेरिएपछि दोहोर्‍याएर विश्वासको मत लिन लाग्नुभएको हो । 

नेपाली काँग्रेस भित्र विश्वासको मत दिने नदिने बारेमा विवाद बढेपछि अन्तिम समयमा आएर बुधवार बोलाइएको बैठक स्थगित हुन पुगेको थियो । नेपाली काँग्रेसले विश्वासको मत दिने निर्णय गरेपछि आपसी सहमतिमा बुधवार बोलाइएको बैठक सारेर आजका लागि डाकिएको हो ।आजको बैठकबाट भने पुनः विश्वासको मत पाउने अपेक्षा मुख्यमन्त्री जम्मरकट्टेलले गर्नुभएको छ । 

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ७ : १५ बजे