राष्ट्रपति भवनमा घटस्थापना

गृहसहित ३ मन्त्रालय पाए सरकारमा जान्छौं : महामन्त्री ढकाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले गत पुस १० गतेकै सहमति कार्यान्वयन भए सरकारमा जानसक्ने बताएको छ । सो पार्टीका प्रवक्ता मुकुल ढकालले १० गतेकै सहमति कार्यान्वयन भएमा सरकारमा जान सक्ने बताएका हुन् । सरकारलाई विश्वासको मत दिइसकेकाले सम्माजनक हैसियत भएमा सरकारमा जान सकिने उनको भनाइ छ ।

‘हामी सरकारमा जाने र नजाने भन्ने विषयमा निर्णय गरिसकेका छैनौं । पुस १० गतेकै सहमति कार्यान्वयन भए सरकारमा जान सक्छौँ,’ ढकालले भने, ‘पुस १० गतेको सहमति बमोजिम (गृहसहित ३ मन्त्रालय र एक राज्यमन्त्री) हुनुपर्ने छ । साझा न्युनतम कार्यक्रममा हामीले भने बमोजिम विषयवस्तु समेट्नुपर्यो।’

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  ५ : ५१ बजे