आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

१०८ किलो गाँजा बरामद

मकवानपुर । मकवानपुर प्रहरीले १०८ किलो अवैध लागूऔषध गाँजा बरामद गरेको छ ।

बुधबार दिउँसो जिल्लाको थाहा नगरपालिका-८ चौतरा स्थित ५७ वर्षीय लालबहादुर घलान र ५३ वर्षीय शेरबहादुर घलानको छुट्टा छुट्टै घरबाट गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु दाजुभाइ हुन् ।

लागूऔषध गाँजा बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले खानतलासी गर्दा लालबहादुरको घरबाट ४५ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले लालबहादुरलाई प्रकाउ गरेको छ ।

यसैगरी, उनको भाइ शेरबहादुरको घरबाट पनि ६३ किलो गाँजा बरामद भएको छ । तर हाल शेरबहादुर फरार रहेको प्रहरीले जनाएको छ । उनको खोजी कार्य भइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  ४ : ०१ बजे