राष्ट्रपति भवनमा घटस्थापना

सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका तीन वटा क्याम्पसमा अनेरास्ववियु विजयी

​​​​​​​काठमाडौँ  । नेकपा एमाले निकट अनेरास्ववियुले सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका तीन वटा क्याम्पसमा जीत हासिल गरेको छ । 

बुधवार सम्पन्न सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका तीन वटा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुले तीन वटा क्याम्पसमा जीत हासिल गरेको हो । 

अखिलका अध्यक्ष समिक बडालका अनुसार जयपृथ्बी बहुमुखी क्याम्पसमा रूपक धामी, दार्चुला बहुमुखी क्याम्पसमा कृष्ण धामी र महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा माधव खत्री सभापतिमा निर्वाचित हुनुभएको हो । 

 

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  ७ : २७ बजे