आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

जनकपुरधाम उपमहानगरपालिका-११ का वडाध्यक्ष र वडा सचिव घुससहित पक्राउ 

काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका-११ का वडाध्यक्ष र वडा सचिव घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार रायलाई ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको जनाएको छ ।

उनीहरूलाई बुधवार जनकपुरधाम-६ को रामजानकी अस्पताल नजिकैबाट पक्राउ गरिएको प्रवक्ता भोला दाहालले बताउनुभयो ।

उनीहरूले जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहवरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस मागेका थिए । घुस मागेको खबर पाएपछि अख्तियारको बर्दिबास टोली खटिएको थियो । उक्त टोली पुगेर रकमसहित उनीहरूलाई पक्राउ गरेको हो ।

 

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  ७ : १४ बजे