एमालेको सचिवालय बैठक सुरु

दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु 

दैलेख। दैलेखमा मनकामना ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

नेपालगन्जबाट आज बिहान दैलेख जाँदै गरेको भे १ ख २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका ४ तालपोखरीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका जनाएको छ । 

ट्रकमा सवार चालक, सहचालक गरी तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा चालक कृष्ण चौधरी, लक्षिराम चौधरी र विष्णु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दैलेख जनाएको छ ।  

सहचालक प्रकाश कुमाईं भने सकुशल रहेको प्रहरीले जनाएको छ। माथिल्लो मोडबाट तल्लो मोडमा खसेको ट्रकका कारण बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ।

ट्रक सडकबाट झन्डै १५० मिटर तल खसेको छ । 

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  १० : ४४ बजे