दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

फ्रान्सको राष्ट्रिय फुटबल टोलीकाे कप्तानमा एमबाप्पे

काठमाडौँ  । किलियन एम्बाप्पे फ्रान्सका राष्ट्रिय फुटबल टोलीका नयाँ कप्तानमा नियुक्त भएका छन् ।

यसअघिका कप्तान गोलकिपर हुगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएपछि फ्रान्सले २४ वर्षीय एम्बाप्पेलाई कप्तानमा नियुक्त गरेको हो ।

सन् २०१८ मा फ्रान्सलाई विश्वकपको उपाधि दिलाउन र सन् २०२२ मा विश्वकपमा उपविजेता बनाउन एम्बाप्पेले महत्त्वपूर्ण योगदान पुर्‍याएका एमबाप्पेको कप्तानीमा फ्रान्सले युरोपियन फुटबलमा नयाँ चमत्कार देखाउने विश्वास गरिएको छ ।  

हाल एम्बाप्पे पेरिस सेन्ट जर्मन(पिएसजी) क्लबबाट व्यावसायिक फुटबल खेल्छन्, जहाँ लियोनेल मेस्सी सहितका विश्व चर्चित खेलाडीहरू आबद्ध रहेका छन् । 

 

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ७ : २४ बजे