एमालेको सचिवालय बैठक सुरु

उप निर्वाचनका लागि आजबाट दल दर्ताको प्रक्रिया सुरु

काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलको दल दर्ता आजबाट सुरु गर्दै छ ।

वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनको प्रयोजनका लागि चैत ८ गतेदेखि चैत १२ गतेको समय सीमा तोकेर दर्ताका लागि आव्हान गरे अनुसार आजबाट दल दर्ता सुरु गर्न लागेको हो । 

चितवन–२, बारा–२ र तनहुँ–१ मा वैशाख १० गते उपनिर्वाचन हुदैँछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत मङ्सिर ४ को निर्वाचनमा निर्वाचित हुनुभए पनि नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उहाँको पद बदर गरेपछि चितवन–२ रिक्त हुन पुगेको थियो भने तत्कालीन जसपाका केन्द्रीय महासचिव रामसहायप्रसाद यादव चैत ३ मा उपराष्ट्रपति निर्वाचित भएपछि सांसद पदबाट पनि राजीनामा दिँदा बारा–२ रिक्त हुन पुगेको थियो । 

यसैगरी, तनहुँ–२ बाट निर्वाचित नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि सो स्थान रिक्त हुन पुगेको छ । सोही रिक्त स्थानमा पदपूर्तिका लागि निर्वाचन आयोगले वैशाख १० गते उपनिर्वाचन गराउन लागेको हो । 

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ६ : ५० बजे