युट्युबरमाथि प्रेस काउन्सिलको निगरानी: ऐनविपरीत गतिविधि भए कारबाही गर्न सिफारिस गर्ने

काठमाडौं – प्रचलित ऐन-कानूनविपरीत गतिविधि गर्ने तथा सामग्री प्रशारण गर्ने कुनै मिडियासँग आबद्ध नरहेका युट्युब च्यानलहरुलाई कारबाहीका लागि प्रेस काउन्सिलले प्रहरीको साइबर ब्युरोलाई सिफारिस गर्ने भएको छ ।

काउन्सिलले छुट्टै डेस्क गठन गरी त्यस्ता युट्युब च्यानलको अनुगमन गरिरहेको जनाएको छ।

काउन्सिलले सोमबार जारी विज्ञप्ति गर्दै आचारसंहिताको चरम उल्लंघन गर्ने ३५ वटा युट्युब च्यानललाई विशेष अनुगमनमा राखिएको जनाएको छ।

युट्युब च्यानललाई कारबाही गर्न युट्युब कम्पनीलाई पनि पत्रचार गर्ने चेतावनी काउन्सिलले दिएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ६ : ०७ बजे