धनगढी । नेकपा एमाले निकट अनेरास्ववियुले सुदूरपश्चिम प्रदेशमा आधाभन्दा बढी क्याम्पसमा जीत हासिल गरेको छ ।
आइतबार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएका ३४ क्याम्पस मध्ये अनेरास्ववियुले १६ क्याम्पसमा जीत हासिल गर्दै वर्चस्व कायम गरेको हो ।
अनेरास्ववियुका महासचिव नरेश रोकायाका अनुसार सुदूरपश्चिममा अनेरास्ववियुले १६, नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घले ८, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले ७, नेत्रविक्रम चन्द नेतृत्वको अखिल क्रान्तिकारीले १ र क्याम्पसमा जीत हासिल गरेको हो ।
उहाँका अनुसार बुढी नन्दा क्याम्पस बाजुरामा मतगणना हुन बाँकी छ भने घोडाघोडी क्याम्पस मतगणना जारी रहेको छ ।
प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार १० : २० बजे
प्रतिक्रिया