राष्ट्रपति भवनमा घटस्थापना

बैतडीको नवप्रभात संयुक्त क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानल विजयी

बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका कुलाउस्थित नवप्रभात संयुक्त क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुको प्यानल विजयी भएको छ ।

बैतडीको पञ्चेश्वर गाउँपालिका कुलाउस्थित नवप्रभात संयुक्त क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुकी रेखा घटाल प्यानलसहित विजयी हुनुभएको हो । उहाँले अखिल क्रान्तिकारीकी कविता चन्दलाई ११ मतले पराजित गर्दै विजयी भएको हो ।

घटालले ७१ मत ल्याइ विजयी हुँदा  चन्दले ६० मत प्राप्त गर्नुभयो। सो क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारी संयुक्त रूपमा चुनाव लडेका थिए । अनेरास्ववियु एक्लै चुनाव लडेको थियो । 

 

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ७ : ०२ बजे