राष्ट्रपति भवनमा घटस्थापना

नव निर्वाचित उपराष्ट्रपतिको शपथ ग्रहण आज

काठमाडौँ । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज बिहान १०ः०० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहणको कार्यक्रम तय भएको छ ।

यादव यही चैत ३ मा उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो । निर्वाचनमा यादवले ३० हजार ३२८ मत भारप्राप्त गर्नुभएको थियो । 

निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल यही चैत ३ मा सकिएको छ ।

 

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ६ : ५१ बजे