राष्ट्रपति भवनमा घटस्थापना

यी चार प्रदेशमा आज मेघ गर्जनसहित पानी पर्ने

काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।  

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। 

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

उता राती पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघ गर्जन, चट्याङ तथा  हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ६ : ३८ बजे