ग्वार्को चोकमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु 

ललितपुर ।  ललितपुरको ग्वार्को चोकमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु  भएको छ । 

मोटरसाइकलले ठक्कर दिएपछि ललितपुरको बाफल बस्ने काभ्रेपलान्चोकको ढुंखर्क घर भएका ३४ वर्षीय साइकलयात्री बुद्ध तिमिल्सिनाको मृत्यु भएको काठमाडौ‌ँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।  

मोटरसाइकलको ठक्करबाट घाइते भएका उनको उपचारको क्रममा ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा निधन भएको हो ।  

घाइते भएका मोटरसाइकलका चालक  धादिङको धुनिबेंसी नगरपालिका ७ घर भएका ३८ वर्षीय तुलसीराम गिरीको महाकालस्थित राष्ट्रिय ट्रमा सेन्टर उपचार भइरहेको छ ।

बागमती प्रदेश ०२-००१ ब २२४७ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिएको थियो ।

 

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  १० : ५६ बजे