काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती राजकुमार फिलिपको निधनप्रति समवेदना व्यक्त गर्दै नेपालले एक असल साथी गुमाएको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल टवीटरमा ट्वीट गर्दै बेलायती प्रधानमन्त्री बोरिस जोनसोन र बेलायती नागरिकप्रति समवेदना व्यक्त गर्दै फिलिपको निधनले एक असल साथीसँगै ‘सोसियल वेलफेयर’का च्याम्पियन गुमाएको बताउनुभयो ।
बेलायतकी महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलीपको ९९ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो ।
प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार ७ : ४१ बजे
प्रतिक्रिया