‘एउटै नाउरको सिकार गर्न २३ लाख’

रोहिणी रसिकको ‘छन्द आराधना’को विमोचन

विराटनगर । कवि रोहिणी रसिकद्वारा लिखित ‘छन्द आराधना’ कविता सङ्ग्रहको एक समारोहका बीच विमोचन गरिएको छ । 

खोटाङ सामाजिक सेवा मञ्चले शनिवार विराटनगरमा आयोजना गरेको कार्यक्रममा ‘छन्द आराधना’ कविता सङ्ग्रहको विमोचन गरिएको हो । 

कार्यक्रमका प्रमुख अतिथि अग्रज साहित्यकार हरिप्रसाद रिमाल, डा.भागवत आचार्य, अग्रज साहित्यकार दधिराज सुवेदी, विवश पोखरेल, गङ्गा सुवेदी, बलराम पोखरेल, विराटनगर ३ का वडाध्यक्ष वासुबहादुर बस्नेतलगायतले संयुक्त रूपमा कविता सङ्ग्रहको विमोचन गर्नुभएको थियो । 

आयोजक संस्थाका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीको अध्यक्षतामा भएको कार्यक्रममा अग्रज समालोचक दधिराज सुवेदीले विमोचित कृतिको समीक्षा गर्नुभयो । 

त्यस्तै, साहित्यकार मधु पोखरेल, बाबुराम पोखरेल, भरत गुरागाईँ बर्बरिक, आयोजक संस्थाका कोषाध्यक्ष फण्डिन्द्र पराजुली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेको कार्यक्रममा कवि मञ्जुश्री गिरी, किशोर कोइराला, यशोदा अधिकारी आचार्य, प्रिन्स प्रमोद ढकालले विमोचन भएको सङ्ग्रहभित्रका कविता वाचन गर्नुभएको थियो । 

‘छन्द आराधना’ कविता सङ्ग्रहभित्र विभिन्न विषयलाई आधार मानेर लेखेका ७२ वटा कविता समावेश गरिएको छ । 

 

  

 

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ७ : ५० बजे