उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन आज राष्ट्रपतिसमक्ष पेस गरिने

काठमाडौँ । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गर्ने भएको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन आज राष्ट्रपतिसमक्ष पेस गर्न लागेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ७ : १४ बजे