उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन भोलि राष्ट्रपतिसमक्ष पेस गरिने

काठमाडौँ । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन चैत ५ गते राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गर्ने भएको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन चैत ५ गते राष्ट्रपतिसमक्ष पेस गर्ने प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ९ : १४ बजे