बसको ठक्करबाट पोखरामा एक जनाको मृत्यु

अन्नपूर्ण (कास्की) । पोखरामा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।

आज बिहान नगर बसले ठक्कर दिँदा स्कुटर चालक झापाको दमककी २४ वर्षीया दीक्षा कार्कीको मृत्यु भएको हो ।

पोखरा महानगरपालिका–४ चिप्लेढुङ्गामा ग१ख ७१०८ नंको बसले कार्कीले चलाइरहेको ग९प ९९८९ नंको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो ।

कार्कीको उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बस चालक सागर क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।रासस

 

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  १० : ३१ बजे