दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

काठमाडौं । अहिलेसम्मकै सर्वाधिक उच्च योगफल पछ्याउँदै नेपालले यूएईविरुद्ध कीर्तिमानी जित हात पारेको छ।

यो जितसँगै आईसीसी विश्वकप लीग-२ को तेस्रो स्थानमा उक्लिँदै नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकपको ग्लोबल क्वालिफायरमा सिधै छनोट भएको छ।

बिहीवार यूएईलाई एक रोमाञ्चक खेलमा पराजित गरेपछि नेपालले सो उपलब्धि हात पारेको हो।

नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै उच्च स्कोर पछ्याएको हो।

यसअघि कीर्तिपुर मैदानमा एक महिनाअगाडि नेपालले नामिबियाविरुद्ध २८६ रन पछ्याएको थियो।

जितसँगै नेपालको अङ्क ४० पुगेको छ। ३९ अङ्कका साथ तेस्रो स्थानमा बसिरहेको नामिबिया भने चौथो स्थानमा रहँदै प्ले अफ क्वालिफायरमा झरेको छ।

टस जितेर पहिलो ब्याटिङ रोजेको यूएईले पूरा ओभर खेलेर ६ विकेटको क्षतिमा ३१० रन जोडेको थियो।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ५ : ४२ बजे