अर्बपति सांसद विनोद चौधरीले अस्पताल बनाउन सरकारसँग ५० करोड मागे

​​​​​​​काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं अर्बपति विनोद चौधरीले सरकारसँग अस्पताल बनाउन ५० करोड मागेका छन् ।

अर्बपति चौधरीले आफ्नो निर्वाचन क्षेत्र निवलपरासी पूर्वको चौपत्तामा विशेष सेवा प्रदान गर्ने रिफरल अस्पताल निमार्णका लागि बजेट मागेका हुन् । उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ५० करोड रुपैयाँ उपलब्ध गराउन भन्दै पत्र समेत पठाएका छन् ।

बहुवर्षिय वा क्रमागत कार्यक्रमको रुपमा आगामी वर्षको कार्यक्रम तथा बजेटमा समावेश गर्न अर्बपति चौधरीले पत्रमा उल्लेख गरेका छन् ।  उनले अस्पतालको अनुमानित लागत ५० करोड (तत्काल पहिचान र परियोजनाको पूर्वाधार तथा कार्यक्रम) का लागि मागेका छन् ।

मन्त्रालयसँग उनले बजेट मागे पनि उनको नियतिको माथि प्रश्न उठेको मन्त्रालयका अधिकारीहरू बताँउछन् ।​​​​​​​

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ५ : ०५ बजे