दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

भीम सार्की ६७ रन बनाएर आउट, नेपाललाई लाग्यो पाँचौँ झड्का

काठमाडाैँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा यूएईले दिएको ३११ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले पाँचौँ विकेट गुमाएको छ ।

त्रिवि क्रिकेट मैदानमा यूएईविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले पाँचौँ विकेटका रूपमा भीम सार्कीलाई गुमाएको हो । सार्की ६७ रन बनाएर आउट भएका हुन् । सार्कीले ७६ बलमा ९ चौका प्रहार गर्दै ६७ रन बनाए ।

यसअघि नेपालका कुशल भुर्तेल ३५ बलमा चार छक्का र तीन चौका प्रहार गर्दै ५० रन बनाएर आउट भएका थिए । कप्तान रोहित पौडेल १६ र कुशल मल्ल ५ आउट हुँदा आशिफ शेख खाता नै नखोली पभिलियन फर्किएका थिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३१० रन बनाएपछि नेपालले विशाल लक्ष्य पाएको हो ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ४ : १९ बजे