कोसी प्रदेश नाम राखिएको विरोधमा प्रदर्शन गर्ने २ जना पक्राउ

काठमाडाैं । प्रदेश नम्बर १ को ‘कोसी प्रदेश’ नाम राखिएको विरोधमा प्रदर्शन गर्ने २ जना पक्राउ परेका छन्।

प्रदेश सभा भवन अगाडि पहिचानपक्षधर कविहरूले नामको विरोधमा कविता भन्ने कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको हाे ।

कार्यक्रमबाट प्रहरीले २ जनालाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ । पक्राउ पर्नेमा जनकऋषि राई र सञ्जय याक्खा छन्।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  २ : ४८ बजे