दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

नेपाललाई तेस्रो झड्का,राेहित पनि आउट

काठमाडाैँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा यूएईले दिएको ३११ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले तीन विकेट गुमाएको छ ।

त्रिवि क्रिकेट मैदानमा जवाफी ब्याटिङ गरेको नेपालले पहिलो विकेटका रूपमा आशिफ शेखलाई शून्य रनमै गुमाएको हो । जुनैद सिद्धकीको बलमा कुशल मल्ल कभर क्षेत्रमा क्याचआउट भएका छन् । उनले ५ रन बनाए ।  त्यसपछि अाएका कुशल मल्ल एक चाैका प्रहार गरेर जुनैद सिद्धकीको बलमा  कभर क्षेत्रमा क्याचआउट हुन पुगे । उनले जम्मा ५ रन जाेड्न भ्याए।  तेस्राे  विकेटका रुपमा राेहित कुमार पाैडेललाई नेपालले गुमाएकाे छ । ६.५ अ‍ोभरमा आयान अफ्जल खानको बलमा उनी मिड अन क्षेत्रमा यूएईका कप्तान मोहम्मद वासिमबाट क्याचआउट भए । रोहितले १६ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३१० रन बनाएपछि नेपालले विशाल लक्ष्य पाएको हो ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  २ : १९ बजे