दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

लागुऔषध र नक्कली नोटसहित दाजुभाइ पक्राउ

झापा – झापाको बिर्तामोड नगरपालिका-४ बाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

बुधबार बेलुका विशेष सूचनाका आधारमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड-४ का सुवास ताजपुरियाको घरकोठा खानतलासी गर्दा  ४ ग्राम ३९० मिलिग्राम ब्राउन सुगर र नाइट्राजेपान २८ ट्याबलेट लागूऔषध बरामद भएको हो। 

साथै नक्कली नेपाली नोट हजार रुपैयाँका ८८ थान, पाँच सयका २ थान, अस्ट्रेलियन नोट एक सयका ३ थान, अन्य देशका नोट ११ थान, सक्कली नेपाली रुपैयाँ ३ हजार र मे.५ प.९७९७ नम्बरको मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ। 

यी लागुऔषध र नक्कली नोटसहित  २४ वर्षीय सुवास ताजपुरिया र उनका भाइ १९ वर्षीय प्रवीण ताजपुरियालाई प्रहरीले पक्राउ गरेको हो। 

पक्राउ परेका दुवै जनाबारे इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  १ : ४१ बजे