दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

नेपाललाई पाँचौँ सफलता, दीपेन्द्रले फेरि लिए विकेट

काठमाडाैँ । आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा यूएईविरुद्ध नेपालले पाँचौँ विकेट लिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको यूएईले पाँचौँ विकेट गुमाएको हो । दीपेन्द्रसिंह ऐरीले नेपाललाई पाँचौँ सफलता दिलाए । पाँचौँ विकेट नेपाललाई दिलाउने क्रममा दीपेन्द्रले रोहन मुस्तफालाई २० रनमा आउट गराए ।  यसअघि दीपेन्द्रले नै आयन अफ्जल खानलाई तीन रनमा आउट गराउँदै नेपाललाई चौथो सफलता दिलाएका थिए । यसअघि सीपी रिजवान सात रनमा रनआउट भए । उनलाई भीम शार्की र आशिफ शेखले रनआउट गराए । 

यसअघि नेपालका सन्दीप लामिछाने र ललितनारायण राजवंशीले विकेट लिएका थिए । सन्दीपले कप्तान मोहम्मद वासिमलाई आउट गराए । वासिमले ४९ बलमा ६ छक्का र दुई चौका प्रहार गर्दै ६३ रन बनाए । त्यस्तै, ललितनारायण राजवंशीले आर्यन लाक्रालाई ६ रनमा बोल्डआउट गराए ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  १२ : ३९ बजे