दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

नेपाल र यूएईबीचको क्रिकेट हेर्न प्रधानमन्त्री त्रिवि मैदानमा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र युएईबीचको क्रिकेट म्याच हेर्न त्रिभुवन विश्वविद्यालयको त्रिवि मैदान पुग्नुभएको छ।

आइसिसी विश्वकप लिग–२ अन्तरगतको अन्तिम खेल त्रिवि मैदानमा सुरु भएको छ। नेपाली टिमको हौसला बढाउन प्रधानमन्त्री मैदानमै उपस्थित हुनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले बताउनुभयो।

त्रिवि क्रिकेट मैदानमा युएईले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ। नेपालले पहिला बलिङको निम्तो पाएको छ। नेपालले आजको खेलमा करण केसीलाई बेन्चमा राखेको छ। करणको ठाउँमा गुलशन झाले खेल्ने भएका छन्।

यो खेल हेर्नका लागि समर्थकको बिहानैदेखि भिड लागेको छ। सुरक्षाकर्मीलाई व्यवस्थापन गर्न मुस्किल पर्ने देखिएको छ।

लिग–२ को अन्तिम शृङ्खलाको यो खेल नेपालका लागि निर्णायक मानिएको छ। आजको खेलमा युएईलाई हराउन सकेमा नेपाल सोझै जुन र जुलाईमा जिम्बावेमा हुने एक दिवसीय विश्व कप ग्लोबल छनोटमा पुग्नेछ। युएईसँग हारेमा नेपालले यसै महिनाको अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ। नेपाल पराजित भएमा नामिबिया सोझै विश्व कप छनोटमा पुग्नेछ।

नेपाल र यूएईबीच अहिलेसम्म १२ एक दिवसीय खेल भएको छ। जसमा समान छ खेलमा जित र हार छ। नेपालले पछिल्ला दुवै खेलमा युएईलाई हराएको छ।

 

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ९ : ५६ बजे