दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

नेपाली क्रिकेट टिमलाई शुभकामना दिँदै एमाले अध्यक्ष ओलीले भन्नुभयो, ‘राष्ट्र तपाईँको साथमा छ’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जारी आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलका लागि नेपाली टिमलाई शुभकामना दिनुभएको छ ।

त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी युएई विरुद्ध मैदानमा उत्रेको नेपाली टिमलाई अध्यक्ष ओलीले जीतको शुभकामना दिनुभएको हो ।

''मलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै थियो। उच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि नेपाली क्रिकेट टिमलाई शुभकामना'',  ओलीले सामाजिक सञ्जालमार्फत शुभकामनामा दिँदै भन्नुभएको, ''राष्ट्र तपाईँहरूको साथमा छ र म तपाईँहरूको साथमा छु ।''

 

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ९ : २९ बजे