चर्को ब्याज लिएको भन्दै मकवानपुरका तीन लघु बित्तिय संस्थामा तालबन्दी

हेटौंडा । धर्मेन्द्र बास्तोलाको नेतृत्वको नेकपा बहुमतले मकवानपुरको तीन वटा लघु वित्तीय संस्थामा तालाबन्दी गरेको छ ।

बुधबार बिहान हेटौंडा उपमहानगरपालिकाका२ वटा र बागमती गाउँपालिकाका एउटा लघु वित्तीय संस्थामा तालाबन्दी गरेको हो ।

जसअनुसार हेटौंडा–४ स्थित छिमेक लघुवित्त वित्तीय संस्था, नेरुडे लघु वित्तीय संस्था र बागमती–७ स्थित जीवन विकास लघुवित्त बित्तिय संस्थामा तालाबन्दी गरिएको हो ।

लुघवित्तले सर्वसाधारणहरुलाई चर्को व्याजदरमा ऋण दिएर मानसिक तनाव र दु:ख दिएको भन्दै वित्तीय संस्थालाई चेतावनी स्वरुपमा पहिलो चरणको कार्यक्रम अनुसार तालाबन्दी गरेको सो पार्टीका एक  जिल्ला नेताले जनाउनुभएकाे छ ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  २ : ३१ बजे