दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

एक दिवसीय क्रिकेट: नेपाल बरीयतामा तीन स्थान माथि उक्लियो

काठमाडौँ । नेपालले एक दिवसीय क्रिकेट (ओडीआई) अन्तर्राष्ट्रिय वरीयतामा तीन स्थान सुधार गरेको छ। 

आइसिसी क्रिकेट विश्वकप लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेको नेपालले वरीयतामा तीन स्थान सुधार गर्दै १६औँ स्थानमा आइपुगेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले मङ्गलवार राती सार्वजनिक गरेको वरीयतामा तीन स्थानमा माथि उक्लिएको नेपालले नामिबिया, अमेरिका, युएई र पपुवान्युगिनीलाई पछि पारेको छ ।  

जसअनुसार नेपालभन्दा पछि नामिबिया १७ औँ, अमेरिका १८औँ, युएई १९औँ र पपुवा न्युगिनी २०औँ स्थानमा छन् भने लिग–२ को दोस्रो स्थानमा रहेको ओमान नेपालभन्दा एक स्थान माथि अर्थात् १५ औँ स्थानमा छ।

नयाँ ओडिआई वरीयतामा भारत शीर्ष स्थानमा छ भने दा अस्ट्रेलिया दोस्रो स्थानमा छ। 

 

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  १० : ५४ बजे