काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ  । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । 

काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः०० बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । 

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ।

बैठकमा आसन्न उपराष्ट्रपति निर्वाचन,  चितवन र तनहुँमा हुने उपनिर्वाचन, समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । 

 

 

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ६ : ४८ बजे