मेटाले दोस्रो चरणमा १० हजार कर्मचारीहरूलाई हटाउँदै

क्यालिफोर्निया – फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले ११ हजार कर्मचारीहरूलाई हटाएको चार महिनापछि पुनः  १० हजार कर्मचारीहरू कटौती गर्ने लागेको बताएको छ ।

"हामी अप्रिलको अन्त्यमा हाम्रो प्राविधिक समूहहरूमा र त्यसपछि मेको अन्त्यमा हाम्रो व्यापार समूहहरूमा पुनर्संरचना र केही कटौतीको घोषणा गर्दैछौं" कम्पनीले जनाएको छ ।

रासस-एएनआई

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ८ : ५१ बजे