काठमाडाैँ । सशस्त्र प्रहरीका गाडीहरू पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न मंगलवार उनको घर पुगेका छन् । लाहोरको जमान पार्कमा प्रहरी पुग्दाखेरी खानको पाकिस्तान तहरीक ए इन्साफ दलका कार्यकर्ताहरू भेला भएका छन् ।
जमान पार्कमा आउन अनि शान्त रहन कार्यकर्ताहरूलाई पीटीआईका नेताहरूले आग्रह गरेका छन् ।
खानलाई कुन जाहेरीका आधारमा पक्राउ गर्न लागिएको हो भनी इस्लामाबाद प्रहरीले विस्तृत विवरण दिन मानेको छैन ।
इस्लामाबाद डीआईजी (अपरेसन्स) शाहजाद बुखारीले प्रहरी न्यायिक प्रक्रिया गर्न खोजेको र सबैले यसमा प्रहरीलाई सहयोग गर्ने आशा व्यक्त गरे ।
प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार ५ : ०२ बजे
प्रतिक्रिया