सुनको भाउ एकैदिन १६०० रुपैयाँले बढ्यो

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि, सोमबार छापावाल सुन तोलाको १ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार २०० रुपैयाँ निर्धारण भएको छ । सोमबार तेजावी सुनको भाउ तोलाको १ लाख ३ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो । 

यता, मंगलबार चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले बढेर १३ सय रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ १२ सय ५५ रुपैयाँ कायम रहेको थियो ।
 

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ११ : ४५ बजे