काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।
जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अंगुर १३० रुपैयाँ, अनार २५० रुपैयाँ छ भने आभोकाडो ५०० रुपैयाँ, अमला ८० रुपैयाँ, किवि ४५० रुपैयाँ र अम्बा २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
समितिका अनुसार नेपाली ठूलो गोलभेडा ३० रुपैयाँ, अदुवा १०० रुपैयाँ, रातो आलु २४ रुपैया, सेतो आलु १६ रुपैयाँ रहेको छ भने स्थानीय काउली ५० रुपैयाँ, कागती २६० रुपैयाँ, सुकेको खुर्सानी ४२० रुपैयाँ र हरियो खुर्सानी १५० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।
त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, राजमा घिउ सिमी १२० रुपैयाँ, चमसूरको साग ७० रुपैयाँ, कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँमा किनबेच भइरहेको छ भने तितो करेला १२० रुपैयाँ, तोरीको साग ३० रुपैया, भारतीय सुकेको प्याज ३५ रुपैयाँ, हरियो प्याज ४० रुपैयाँ, पुदीना २०० रुपैयाँ, लोकल बन्दा १५ रुपैयाँ कायम गरिएको छ ।
ब्रोकाउली ७० रुपैयाँ, भान्टा लाम्चो ६० रुपैयाँ, भिण्डी १२० रुपैया केजी र हरियो धनिया ३० रुपैयाँमा पाइने समितिले जनाएको छ ।
यसैगरी, ताजा छडी माछा प्रतिकेजी २५० रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ साथै मंगुरी माछा ३१० रुपैयाँ केजी र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।
प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार १० : २९ बजे
प्रतिक्रिया