दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

आइसीसी लिग–२ : पपुवा न्युगिनीद्वारा नेपालसामु ९६ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले जितका लागि ९६ रनको लक्ष्य पाएको छ । सन्दीप लामिछाने एक्लेले पाँच विकेट लिएपछि पपुवा न्युगिनीको पारी ९५ रन समेटीयो ।   

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज नेपालले टस जितेर पपुवा न्युगिनीलाई ब्याटिङ गर्ने निम्तो दिएको थियो । पपुवा न्युगिनीले निर्धारित ५० ओभरको खेलमा ३२ ओभर खेल्दै सबै विकेट गुमाउँदै ९५ रन बनायो । पपुवा न्युगिनीका ब्याटर नेपाली बलरसामु निरीह साबित भए । पपुवा न्युगिनीले  सुरुआतमै महत्वपूर्ण दुई विकेट गुमाएको थियो । हिरी हिरी, सेसे बाउ, कप्तान असाद भाला र आल्र्स अमिनीले पारी सम्हाल्ने प्रयायस गरे । तर नेपाली बलरले उनीहरुलाई खुलेर खेल्न दिएनन् । भालाले २०, बाउले १८, अमिनीले १६ तथा हिरीले १४ रन बनाए । अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन ।   

बलिङतर्फ नेपालका लागि लामिछानेले पाँच विकेट लिए । उनले १० ओभर बलिङ गर्ने क्रममा एक  मेडन राख्दै २५  रन मात्र खर्चे । यस्तै  ललितनारायण राजवंशी र कुशल मल्लले दुई तथा सोमपाल कामीले एक विकेट लिए । 

नेपाल केहीबेरमा जवाफी ब्याटिङ गर्ने तयारीमा छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  १२ : ०० बजे