दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

रोहितको अर्ध शतक

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलामा यूएईविरूद्ध नेपालका कप्तान रोहित पौडेलले अर्ध शतक प्रहार गरेका छन् ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपाल शीर्ष क्रममा ब्याटरलाई सस्तैमा गुमाएपछि यूएईविरूद्ध चुनौतीपूर्ण योगफल तयार पार्न संघर्स गरिरहेको अवस्थामा रोहितले अर्धशतक प्रहार गरेका हुन् ।

उनले ८३ बलमा ७ चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन् । यो उनको ८औं एक दिवसीय अर्धशतक हो ।

आजको खेलमा  यूएईलाई पराजित गरे नेपालले एक दिवसीय मान्यता सुनिश्चित गर्नेछ भने, शीर्ष तीनमा रहेर सोझै विश्वकप छनोट खेल्न बाँकी सबै खेल जित्नु पर्ने छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ११ : ५४ बजे