ओखलढुङ्गाबाट काठमाडौँ आउँदै गरेकाे बस दुर्घटना: पाँच जनाको घटनास्थलमै मृत्यु , १९ घाइते

कमलामाई(सिन्धुली) । मध्यपहाडी लोकमार्गअन्तर्गत फिकल गाउँपालिका–४ कुइभिरडाँडामा आज बिहान बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । 

ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस ‘ब्रेक’ फेल भएर दुर्घटना भएको जनाइएको छ । 

दुर्घटनामा १९जना घाइते भएका र उनीहरूको खुर्कोटस्थित अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो । 

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।   रासस

 

 

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  १० : ४९ बजे