राष्ट्रपति भण्डारीको कार्यकाल आज सकिँदै, सरकारी आवास सुविधा नलिने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिँदै छ । उहाँको पाँच वर्षे कार्यकाल आज रातिबाट सकिन लागेको हो।

भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित हुनुभएको थियो । त्यसपछि दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते उहाँ निर्वाचित हुनुभयो ।

भण्डारी शितलनिवासबाट बुढानीलकण्ठ आफ्नो निजी निवासमा सर्ने तयारीमा रहेको उहाँको सचिवालयले जनाएको छ। राष्ट्रपति भण्डारीले अवकाशपछि सरकारबाट आवास सुविधा नलिने, सामान्य नागरिकसरह बाँच्ने र राज्यबाट कुनै अतिरिक्त सुविधा नलिने भनि घोषणा गरिसक्नु भएको छ ।

नयाँ राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल  निर्वाचित हुनुभएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ८ : ३० बजे