जसपाका उपराष्ट्रपति उम्मेदवार रामसहायविरुद्ध उजुरी दिने एमालेको तयारी

काठमाडौँ । उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएका जसपाका नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी संविधान र कानुन विपरीत रहेको भन्दै नेकपा नेकपा एमालेले उजुरी दिने तयारी गरेको छ ।

नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा एमालेका सांसद महेश बर्तौला लगायतका नेताहरू उजुरीपत्र लिएर पुग्नुभएकाे हाे  ।

राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले उपराष्ट्रपति पनि पुरुष हुन नहुने भन्दै एमालेले जसपाका उम्मेदवार यादवविरुद्ध उजुरी दिने तयारी गरेको हो । साथै यादवको उम्मेदवारी कानुन विपरीत रहेको एमालेको दाबी छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ३ : ४४ बजे