उपराष्ट्रपतिमा सत्तारुढ गठबन्धनमा सहमति भएन, जसपा र जनमत दुवै पार्टीबाट उम्मेदवारी दर्ता हुने 

काठमाडौँ । सत्तारुढ गठबन्धनमा उपराष्ट्रपतिको उम्मेदवारका बारेमा सहमति हुन नसक्दा दुई वटा उम्मेदवारी दर्ता हुने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकले दुई वटा पार्टीको उम्मेदवारको नाम दर्ता गर्ने निर्णय भएको हो ।

''अहिलेलाई जनता समाजवादी पार्टी र जनमत पार्टीका दुवै उम्मेदवारको नाम दर्ता गर्ने र त्यसैमा पछि ती दुवै मध्य एक नाममा सहमति खोजेर जाने निर्णय भएको छ'',  बैठकमा सहभागी आम आदमी पार्टीका अध्यक्ष प्रभु साहले भन्नुभयो ।

जसअनुसार जसपा नेपालका रामसहाय यादव र जनमत पार्टीकी ममता झाको उम्मेदवारी दर्ता हुने भएको छ।

 

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ११ : १६ बजे