उपराष्ट्रपतिको उम्मेदवार टुङ्ग्याउन ९ दलीय गठबन्धनको बैठक बस्दै

काठमाडौँ । सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक आज बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान साढे ८ बजे सत्ता साझेदार ९ दलीय गठबन्धनको बैठक बस्ने लागेको हो ।  बैठकमा उपराष्ट्रपतिको उम्मेदवार, गठबन्धन विस्तारलगायतको विषयमा छलफल हुने बताइएको छ । 

उपराष्ट्रपति पदको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गतेका लागि तोकिएको छ ।

उपराष्ट्रपतिका लागि सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले दाबी गरेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ८ : ०८ बजे